चुरोट छाड्न डा. ओममूर्तिका ८ टिप्स

हेल्थपोस्ट नेपाल

१. चुरोट छाड्ने बेलामा ‘एउटामात्रै’ भन्ने विचार मनमा आउन दिनुहुँदैन। एउटामात्रै बाट सुरु गरेर फेरि पहिलाजस्तै लत लाग्न सक्छ।

२. आफूलाई काममा व्यस्त राख्नुहोस्, जसले गर्दा ध्यान चुरोटको सेवनतिर नजाओस्।

३. तपाईंले जुन ठाउँहरुमा पहिला चुरोटको सेवन गर्नुहुन्थ्यो, त्यहाँ नजानुहोस्। चुरोटको सेवन गर्ने व्यक्तिहरुको संगत केही दिनका लागि छाड्नुहोस्।

४. यस अवधिभर आफ्ना मित्रहरु र परिवारका सदस्यहरुलाई तपाईंको समक्षमा धूमपान नगरिदिन आग्रह गर्नुहोस्।

५. राति चाँडै सुत्नुहोस्, आराम गर्नुहोस् र मानसिक तनाव कम गर्नुहोस्।

६. चुरोटको सेवन छाडेपछि हुने फाइदाका बारेमा सोचेर आफ्नो मनोबल बढाउनुहोस्। सुरुको केही हप्तामा मात्रै अलिअलि अप्ठेरो भए पनि पछि चुरोट नखाने बानी बस्छ।

७.चुरोट छाड्ने प्रयास गरेर असफल भए पनि निराश हुनुहुँदैन, किनभने चुरोट सफलतापूर्वक छाडिसकेका धेरै व्यक्तिहरु सुरुमा असफल भएका हुन सक्छन्। त्यसैले फेरि कोशिस गर्नुहोस्। एक दिन तपाईं चुरोटको लतबाट मुक्त हुनुहुन्छ।

८. चुरोटको सेवन बन्द गरेको कुरा सबैलाई भन्नुहोस्। यसले तपाईंलाई पुनः सेवन गर्नबाट रोक्न मद्दत गर्छ।

 



Leave a Reply

Your email address will not be published.