सिरहा नगरपालिकाको मेयरमा विजयी भए मेडिकल चिकित्सक डा नवीन यादव

हेल्थपोस्ट नेपाल

काठमाडौं-सिरहा नगरपालिकाको मेयरमा मेडिकल चिकित्सक डा नवीन यादव निर्वाचित भएका छन्। उनी नेकपा एमालेका तर्फबाट निर्वाचित भएका हुन्। उनले ११ हजार १४३ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका उपेन्द्रकुमार यादवले ८ हजार ७३२ मत ल्याए। मेयरमा निर्वाचित डा यादव नेकपा एमालेका नेता हेमनारायण यादवका हुन्। हेमनारायण २०६० साल माघ १९ गते मारिएका थिए।

डा यादव सिरहा सदरमुकाममा क्लिनिक चलाउँछन्।  उनी २०७४ को निर्वाचनमा पनि मेयरमा उम्मेदवार भए पनि पराजित भएका थिए।



Leave a Reply

Your email address will not be published.