मेडिकल काउन्सिलको जागिर छाडेर चुनाव लडेकी लामा बुढानीलकण्ठको उपमेयरमा निर्वाचित

हेल्थपोस्ट नेपाल

काठमाडौं–मेडिकल काउन्सिलको प्रशासन प्रमुखको पद छाडेर निर्वाचनमा होमिएको अनिता लामा बुढानीलकण्ठ नगरपालिकाको उपमेयरमा निर्वाचित भएकी छन्। उनी एमालेका तर्फबाट उपमेयरमा निर्वाचित भएकी हुन्।

लामाले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार रमिला वाग्लेलाई पराजित गरेकी हुन्। लामाले कुल १४ हजार ३१४ मत ल्याइन् भने वाग्लेले ११ हजार ९७२ मत प्राप्त गरिन्।

बुढानीलकण्ठको प्रमुख र अधिकांश वडामा एमालेका उम्मेदवार निर्वाचित भएका छन्। प्रमुखमा एमालेकै मिठाराम अधिकारी निर्वाचित भएका छन्।



Leave a Reply

Your email address will not be published.