वरिष्ठ अर्थोपेडिक सर्जन डा. अभय यादव नर्भिकमा

हेल्थपोस्ट नेपाल

काठमाडौं – वरिष्ठ अर्थोपेडिक सर्जन डा. अभय यादवले थापाथलीस्थित नर्भिक अस्पतालमा विशेषज्ञ सेवा सुरु गरेका छन्।

लामो समयदेखि कार्यरत बयोधा अस्पताल छाडेर डा. यादवले नर्भिकमा सेवा सुरु गरेका हुन्। उनलाई नर्भिकले अर्थोपेडिक तथा स्पाइन सर्जरी डिपार्टमेन्ट प्रमुखमा नियुक्त गरेको छ।

डा. यादव चर्चित अर्थोपेडिक सर्जनमध्ये पर्छन्। खेल चिकित्सा, ट्रमा, जोइन्ट रिप्लेसमेन्ट, बालरोग, मेरुदण्ड, काँध, कुहिनो, खुट्टा, हात, घुँडालगायतमा हुने समस्या तथा तिनको सर्जरीबाट गरिने उपचार विधिमा उनको विशेष दक्षता छ।



Leave a Reply

Your email address will not be published.