अमेरिकाको न्युयोर्कमा फेरि बढ्यो महामारी

न्युयाेर्क-अमेरिकाको न्युयोर्कमा कोरोनाभाइरसको महामारी फेरि बढ्न थालेको छ। अमेरिकाको सबैभन्दा ठूलो सहरको रुपमा रहेको न्युयोर्कमा महामारी फेरि बढ्न थालेपछि सतर्कता पनि बढाइएको छ।
महामारीको मध्यम खतरामा रहेको न्युयोर्क अहिले उच्च खतरामा वर्गीकृत भएको अधिकारीहरुले जनाएका छन्। मध्यम जाेखिमकाे अवस्थामा भने यही मे महिनाको सुरुमै राखिएको थियो।
महामारी बढेपछि स्वास्थ्य सेवामा पनि दबाब सृजना भएको छ । महामारी फैलिएकाले मास्क लगाउने, सेनिटाइजरकोे प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्नेलगायतका कार्यमा ध्यान दिन पनि स्वास्थ्य अधिकारीहरुले जोड दिएका छन्। कोरोना महामारी नियन्त्रणसम्वन्धी निर्देशिकाको कडाइका साथ पालना गर्न पनि अधिकारीहरुले आग्रह गरेका छन्।
कोरोना सर्ने उच्च जाेखिमपूर्ण गतिविधिहरु नगर्न र घर बाहिरका गतिविधिहरु पनि कम गर्न स्वास्थ्यकर्मीहरुले अनुरोध गरेका छन्