अमेरिकाका एक करोड ३२ लाख बालबालिका कोभिडबाट संक्रमित

हेल्थपोस्ट नेपाल

न्युयाेर्क-अमेरिकामा करिब १ करोड ३२ लाख बालबालिका कोभिड १९ बाट संक्रमित भएका छन्। यहाँ महामारी सुरु भएयता एक करोड ३२ लाख बालबालिका कोभिडबाट प्रभावित भएकाे बताइएको छ। ‘अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स’ले पछिल्लो तथ्यांकअनुसार यहाँका १ करोड ३२ लाख बालबालिका कोभिड १९ को संक्रमणबाट संक्रमित भएको पाइएको समाचारमा जनाइएको छ।

यहाँ पछिल्लो समयमा बालबालिकामा कोभिडको संक्रमण बढ्दो देखिएको छ। जसअनुसार यहाँ गत मे १२ सम्मको पछिल्लो हप्तामा मात्र ९३ हजार बालबालिकामा यसको संक्रमण भेटिएको पाइएको हो। पछिल्लो ४ हप्तामा मात्र कम्तीमा पनि २ लाख ४६ हजार जना बालबालिकामा कोभिडको संक्रमण बढेको देखिएको छ। अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सले यहाँ पछिल्ला हप्ताहरुमा बालबालिकामा कोभिडको संक्रमण बढ्दै गएको पाइएको बताएको छ।

सो संस्थाले सन् २०२२ मा मा ५३ बालबालिकामा कोभिडको संक्रमण देखिएको जनाएको हो। अमेरिकी सरकारले बालबालिकामा देखिएको कोभिड संक्रमणलाई कम गर्न विशेष स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने गरेको छ।



Leave a Reply

Your email address will not be published.