चिनियाँ तथ्यांक ब्यूरोको दाबी–महामारीले चीनको आर्थिक स्थिरतालाई प्रभाव पार्दैन

हेल्थपोस्ट नेपाल

बेइजिङ–चीनले जारी महामारीले मुलुकको आर्थिक स्थिरतालाई प्रभाव नपार्ने दाबी गरेको छ। राष्ट्रिय तथ्यांक ब्यूरोले सोमबार पत्रकार सम्मेलन गरी यस्तो बताएको हो।

जटिल तथा गम्भीर अन्तर्राष्ट्रिय स्थिति र आन्तरिक महामारीको प्रभाव परेकाले चीनसमक्ष आर्थिक गिरावटको दबाव ठूलो भएसँगै अप्रिलका मुख्य आर्थिक परिसूचक घटेको छ।

ब्यूरोका प्रवक्ताले भने–‘यो महामारीले ल्याएको छोटो अवधिको परिवर्तन हो। स्थिर रुपमा चल्ने प्रवृत्ति र अर्थव्यवस्था कठोरता, संयमित, विशाल क्षेत्रजस्ता विशेषतालाई यसले प्रभाव पार्दैन।’

हाल सांघाईका १६ जिल्लामध्ये १५ जिल्लामा क्वारेन्टाइन क्षेत्रबाहेक महामारी फैलिन रोकिएको छ। आगामी जुन महिनादेखि सांघाईको जनजीवन पुनः सुचारु हुने जनाइएको छ। चिलिन प्रान्तको महामारी नियन्त्रण अन्तिम अवधिमा प्रवेश भएको छ भने हनान, च्याङसु, चच्याङ प्रान्तमा महामारी स्थिति पनि स्थिर बनाइएको सरकारले जनाएको छ।

 



Leave a Reply

Your email address will not be published.