अमेरिकी राजदूतले गरे मकवानपुरको काँकडा स्वास्थ्यचौकीको उद्घाटन

हेल्थपोस्ट नेपाल

काठमाडौं–अमेरिकी राजदूत र्‍याण्डी बेरीले मकवानपुरको काँकडा स्वास्थ्य चौकीको उद्घाटन गरेका छन्। यो चौकी अमेरिकी सहयोग नियोग (युएसएआइडी) नेपालले पुनःनिर्माण गरेको हो।

काँकडा स्वास्थ्य चौकी युएसएआइडीद्वारा चार भूकम्पप्रभावित जिल्लामा पुनःनिर्माण गरिएको ३६ शैक्षिक तथा स्वास्थ्य संस्थामध्ये एक हो।

यी भूकम्पप्रतिरोधी, साधनसम्पन्न स्वास्थ्य संस्थाहरू तथा बालबालिका एवं अपाङ्गमैत्री विद्यालयहरूले २ लाख ४० हजारभन्दा बढी अति पिछडिएका तथा वंचित समुदायका व्यक्तिहरूलाई प्रत्यक्ष फाईदा पुग्ने र स्थानीय तहमै शिक्षाका लागि सुरक्षित पहुँच र सुधारिएको स्वास्थ्य सेवा प्रदान गर्न मद्दत गर्ने अमेरिकी दूतावासले जनाएको छ।



Leave a Reply

Your email address will not be published.