दक्षिण कोरियामा एकै दिन ३५ हजारभन्दा बढी कोरोना संक्रमित, २७ को मृत्यु

हेल्थपोस्ट नेपाल

साेल- दक्षिण कोरियामा कोभिडबाट एकै दिन ३५ हजार जनाभन्दा बढी संक्रमित भएको पाइएको छ। यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार गत २४ घन्टाभित्र मात्र यहाँ ३५ हजार ११७ जनामा कोभिडको संक्रमण भएको छ।

दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टायतामा देखिएको यो संक्रमण पहिलेको भन्दा कम भए पनि उल्लेख्य मात्रामा कम हुन भने सकेको छैन। यहाँ पछिल्ला हप्ताहरुमा कोभिडका संक्रमित बढ्दै गएकाले अहिले १ करोड ७८ लाख ३० हजार मानिसमा कोभिडको संक्रमण पुगेको समाचारमा जनाइएको छ।

दक्षिण काेरियामा करिब दुई हप्ता अघिसम्म दैनिक कम्तीमा पनि १ लाख मानिसमा कोभिडको संक्रमण पुगेको पाइएको थियो। यो हप्ता भने त्यसमा कमी आएको छ ।संक्रमणबाट पछिल्लो पटक २७ जनाको ज्यान गएको छ। यहाँ अहिलेसम्म कोभिडबाट २३ हजार ७२५ जनाको ज्यान गइसकेकाे छ।

दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले यहाँका कोभिड संक्रमितहरुमा मृत्यु दर भने न्यून रहेको बताएका छन् ।



Leave a Reply

Your email address will not be published.