क्यान्सरका कारण प्रधानमन्त्रीका भाइको निधन

हेल्थपोस्ट नेपाल

काठमाडौं–प्रधानमन्त्री शेरबहादुर देउवाका भाइ प्रेमबहादुर देउवाको क्यान्सरका कारण निधन भएको छ ।

देउवाको मंगलबार बिहान निधन भएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले जानकारी दिएका छन्। उनको काठमाडौंको वीर अस्तपालमा उपचार भइरहेको थियो।

प्रेमबहादुर कञ्चनपुुरका लोकप्रिय कांग्रेस नेता रहेको साउदले जनाएका छन्। उनी फोक्सोको क्यान्सरबाट पीडित थिए।



Leave a Reply

Your email address will not be published.