नेपालमा थप ७ जनामा कोरोना संक्रमण, १३९ सक्रिय संक्रमित

हेल्थपोस्ट नेपाल

काठमाडौं–नेपालमा थप ७ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७ सय ८५ जनाको नमुना परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण देखिएको हो।

यो अवधिमा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन भने ९ जना निको भएका छन्। हाल नेपालमा सक्रिय संक्रमितको संख्या १३९ छ।



Leave a Reply

Your email address will not be published.