थप २ जनामा काेराेना संक्रमण पुष्टि,१६ निकाे भए

हेल्थपोस्ट नेपाल

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा २ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको १ हजार १२७ पीसीआर र १२७ जनाको एन्टीजेन परीक्षणका क्रममा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा १६ जना संक्रमित निको भएका छन्। यो सँगै निको हुनेको कुल संख्या ९ लाख ६६ हजार ८८९ जना पुगेको छ।
उक्त अवधिमा कसैको पनि मृत्यु भएको छैन। देशभर हाल १५० जना संक्रिय संक्रमित छन्।



Leave a Reply

Your email address will not be published.