थप ७ जनामा कोरोना पुष्टि, १६ निको भए

हेल्थपोस्ट नेपाल

काठमाडौं- पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ। १ हजार ११८ पीसीआर र २८९ जनाको एन्टीजेन परीक्षणका क्रममा ७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा १६ जना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको कुल संख्या ९ लाख ६६ हजार ८५७ जना पुगेको छ। उक्त अवधिमा कसैको पनि मृत्यु भएको छैन। देशभर हाल १६४ जना संक्रिय संक्रमित छन्।



Leave a Reply

Your email address will not be published.