थप ४ जनामा कोरोना संक्रमण पुष्टि, १८ निकाे भए

हेल्थपोस्ट नेपाल

काठमाडौं –नेपालमा पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको २ हजार ४६३ पीसीआर र ३५४ जनाको एन्टीजेन परीक्षणका क्रममा ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा १८ जना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको कुल संख्या ९ लाख ६६ हजार ८५७ जना पुगेको छ। उक्त अवधिमा कसैको पनि मृत्यु भएको छैन। देशभर हाल १७३ जना संक्रिय संक्रमित छन्।



Leave a Reply

Your email address will not be published.