नेपालमा थपिए २१ संक्रमित, १६ निकाे भए

हेल्थपोस्ट नेपाल

काठमाडौं- पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ। देशभर गरिएको ३ हजार ७० पीसीआरमा १८ र ७१८ जनाको एन्टीजेन परीक्षणका क्रममा ३ गरी २१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

साेही अवधिमा १६ जना निको भएका छन् भने उक्त अवधिमा कसैको पनि मृत्यु भएको छैन। देशभर हाल १८७ जना सक्रिय संक्रमित छन्।



Leave a Reply

Your email address will not be published.