भारतमा २४ घण्टामा कोरोनाका २८९७ नयाँ  संक्रमित

हेल्थपोस्ट नेपाल

नयाँदिल्ली-भारत २४ घण्टा अवधिमा अर्थात् म‌ंगलबार मध्यरातिसम्म दुई हजार ८९७ संक्रमित थपिएका छन्। याेसँगै कुल सङ्क्रमितकाे सङ्ख्या चार करोड ३१ लाख दश हजार ५६ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार बिहान जनाएकाे छ।

केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमणको पुनःकेही दिनयता नयाँ सङ्क्रमितको सङ्ख्या तीन हजार नाघेको थियो । यद्यपि मङ्गलबार भने केही कमी देखिएको हो। २४ घण्टाको अवधिमा  थपिएका नयाँ सङ्क्रमितमध्ये एक हजार ११८ जना राष्ट्रिय राजधानी दिल्लीका रहेका समाचारमा जनाइएको छ । हाल राजधानीमा पाँच हजार ४७१ सक्रिय सङ्क्रमित रहेकाे पनि थप जानकारी दिइएको छ।

यसका साथै २४ घण्टामा महामारीका कारण थप ५४ को मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २४ हजार १५७ पुगेको छ। भारतभरि अझै पनि सक्रिय सङ्क्रमित १९ हजार ४९४ रहेका पनि मन्त्रालयले जानकारी दिएको छ।

भारतमा केही महिनायताबाट सक्रिय सङ्क्रमित घट्ने क्रम जारी थियो।   केही हप्तायताबाट सक्रिय संक्रमित बढेको पाइएको छ। शनिबार मध्यरातिसम्म दुई हजार ९८६ जना कोरोना निको भएका छन्। यसैसँगै हालसम्म चार करोड २५ लाख ६६ हजार ९३५ निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।



Leave a Reply

Your email address will not be published.