अस्पताल र स्वास्थ्य संस्थामा दुई दिन बिदाको निर्णय राजपत्रमा प्रकाशित, के छ सूचनामा?

हेल्थपोस्ट नेपाल

काठमाडौं–अस्पताल र स्वास्थ्य संस्थामा पनि अब दुई दिन बिदा हुने भएको छ। सरकारले परीक्षणका रुपमा जेठ १ गतेदेखि लागू हुने गरी निर्णय गरेको दुई दिने बिदा नेपाल राजपत्रमा प्रकाशित भएको हो।

तर २०७९ का लागि निर्धारण गरिएका दसैं र तिहारका सार्वजनिक बिदाबाहेक अन्य बिदा लगातार दुई दिनभन्दा बढी भएमा गृहमन्त्रालयले समय निर्धारण गरेबमोजिम सेवा प्रवाहको व्यवस्था मिलाउने पनि राजपत्रमा उल्लेख गरिएको छ।

यस्तै, सार्वजनिक बिदाको दिनमा सेवा प्रदान गर्ने कर्मचारीलाई सट्टा बिदा दिने गरी सम्बन्धित निकायले कर्मचारीको व्यवस्थापन गर्ने पनि राजपत्रमा उल्लेख छ।

दुई दिन बिदा दिएपछि सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान साढे ९ बजेदेखि साढे ५ बजेसम्म कायम हुनेछ भने कात्तिक १६ गतेदेखि माघ १५ सम्म कार्यालय समय बिहान साढे ९ बजेसम्म अपरान्ह साढे ४ बजेसम्म कायम रहनेछ जनाइएको छ।

 



Leave a Reply

Your email address will not be published.