महामारी परास्त गर्न चीनको शून्य कोभिड रणनीति दिगो भएन : डब्लुएचओ प्रमुख

हेल्थपोस्ट नेपाल

काठमाडौं – महामारी परास्त गर्न चीनको शून्य कोभिड रणनीति दिगो नभएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुखले बताएका छन्। महामारी सुरु भएदेखि नै कोभिडको अहिलेसम्मकै खराब अवस्थाविरूद्ध लड्न सांघाईका साढे २ करोड मानिसहरू हप्तौंदेखि घरमा बस्न बाध्य भइरहेका बेला डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससको भनाइ आएको हो।

‘जब हामी शून्य कोभिड रणनीतिको बारेमा कुरा गर्छौं, भाइरसको व्यवहार र भविष्यमा हामीले के अनुमान गर्छौं भन्ने विषयलाई मनन गर्दा यो दिगो छ भन्ने लाग्दैन’, टेड्रोस अधानोम गेब्रेयससले पत्रकार सम्मेलनमा भने।

चीनमा पछिल्लो समयमा कोभिड संक्रमणका घटना तीव्र वृद्धि भएका छन्। कोभिडबाट सांघाइ सहर नराम्रोसँग प्रभावित छ। सांघाइमा कोभिडबाट अहिलेसम्म ५ सय जनाको मृत्यु भएको छ।



Leave a Reply

Your email address will not be published.