सगरमाथाबाट फर्कने क्रममा कीर्तिमानी आरोही कामिरितालाई आँखाको समस्या, हेलिकोप्टरबाट उद्धार

हेल्थपोस्ट नेपाल

काठमाडौं–सगरमाथा आरोहणपछि फर्कने क्रममा आँखाको समस्या देखिएपछि कीर्तिमानी आरोही कामिरिता शेर्पालाई हेलिकोप्टरबाट उद्धार गरिएको छ।

दोस्रो क्याम्पमा झरेपछि आँखाको समस्या (स्नाे ब्लाइन्डनेस) देखिएपछि उनलाई उद्धार गरिएको हो। २६ औंपटक सगरमाथा आरोहण गरेर उनले विश्वकीर्तिमान कायम गरेका छन्।

उनले दोस्रो क्याम्पमा आँखाको समस्या भएको र औषधि लिएपछि अहिले ठीक भएको बताएको ‘एभरेष्ट क्रोनिकल’ ले जनाएको छ। सन् १९९४ मा पहिलोपटक सगरमाथा आरोहण गरेका ५२ वर्षीय कामिरिताले ८ हजार मिटर अग्ला हिमाल आरोहण गरेर पनि कीर्तिमान राखेका छन्। तस्बिर साभारः एभरेष्ट क्रोनिकल



Leave a Reply

Your email address will not be published.