चितवन मेडिकल कलेजले माग गर्यो विभिन्न विषयका प्राज्ञिक तथा प्राविधिक जनशक्ति

काठमाडौं–चितवनस्थित चितवन मेडिकल कलेजले विभिन्न विषयमा प्राज्ञिक तथा प्राविधिक जनशक्ति माग गरेको छ।
कलेजले माइक्रोबायोलोजी, एनाटोमी, प्याथोलाजी, नेफ्रोलोजी, न्युरोलोजी, रेडियोडाइग्नोसिसलगायतका विषयमा लेक्चरर, एशोसियट प्रोफेसर, असिस्टेन्ट प्रोफेसरहरु माग गरेको हो। यस्तै, ल्याब टेक्निसियन तथा टेक्नोलोजीस्ट, आइसीटी असिस्टेन्ट, हेल्थ असिस्टेन्ट, डेन्टल हाइजिनिस्ट तथा सीएमए, अनमीहरु माग गरेको हो।