थप ८ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या २ सयभन्दा तल झर्यो

काठमाडौं–नेपालमा थप ८ जनामा कोरोना संक्रमण देखिएको छ। ३००२ जनाको नमुना परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण देखिएको हो।
यो अवधिमा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन भने १७ जना निको भएका छन्। हाल नेपालमा सक्रिय संक्रमितको संख्या १९० रहेको छ।