नेपालमा कोरोनाः थप १७ जनामा संक्रमण पुष्टि, २१ निको भए

काठमाडौं–नेपालमा थप १७ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४०१० जनाको नमुना परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण देखिएको हो।
उक्त अवधिमा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन भने २१ जना संक्रमणमुक्त भएका छन्। हाल नेपालमा सक्रिय संक्रमितको संख्या २०१ छ। जसमध्ये क्वारेन्टाइनमा १०६ जना छन्।
नेपालमा कूल संक्रमितको संख्या ११ लाख १९ हजार १ सय ४३ (एन्टिजेन र पीसीआर परीक्षण) पुगेको छ भने ११ हजार ९ सय ५२ जनाको मृत्यु भएको छ। हाल निको हुने दर ९८.८ प्रतिशत छ।
मन्त्रालयका अनुसार हालसम्म ४ करोड २२ लाख ८१ हजार ३ सय १४ डोज कोरोनाविरुद्धको खोप लगाइएको छ।