भारतमा २४ घण्टामा ३४५१ कोरोनाका नयाँ संक्रमित

हेल्थपोस्ट नेपाल

नयाँदिल्ली–भारतमा २४ घण्टामा ३४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै भारतमा कूल संक्रमितको संख्या चार करोड ३१ लाख २ हजार १९४ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार बिहान जानकारी दिएको छ।

केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमण पुनः बढेको हो। २४ घण्टामा थपिएकामध्ये दिल्लीका मात्र १४०७ छन्। हाल दिल्लीमा ५९५५ सक्रिय संक्रमित रहेको जनाइएको छ।

भारतमा सोही अवधिमा थप ४० को मृत्यु भएको छ। हाल भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच लाख २४ हजार ६४ पुगेको छ। भारतभरि अझै पनि सक्रिय सङ्क्रमित २० हजार ६३५ रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ। भारतमा केही महिनायताबाट सक्रिय सङ्क्रमित घट्ने क्रम जारी रहेको थियो। तर केही हप्तायताबाट सक्रिय संक्रमित बढेको पाइएको छ।

 



Leave a Reply

Your email address will not be published.