निर्वाचनका दिन खोप अभियान सञ्चालन हुँदैनः स्वास्थ्य मन्त्रालय

हेल्थपोस्ट नेपाल

काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्वाचनका दिन अतिरिक्त खोप केन्द्र तथा नियमित खोप अभियान सञ्चालन नहुने जनाएको छ।

मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै निर्वाचन सम्पन्न गर्न मतदानस्थलहरुमा स्वास्थ्यकर्मीसमेत परिचालन हुने र स्थानीय स्वास्थ्यकर्मीले पनि मताधिकार प्रयोग गर्नुपर्ने हुनाले उक्त दिन खोप सञ्चालन नहुने जनाएको हो।

मन्त्रालयले छिमेकी मुलुकमा पछिल्ला दिनमा संक्रमण बढ्दै जाँदा नेपालमा पनि जोखिम बढ्ने सम्भावना भएकाले सतर्क रहँदै जनस्वास्थ्यका मापदण्डको ख्याल गर्न पनि आग्रह गरेको छ।



Leave a Reply

Your email address will not be published.