थप १५ जनामा संक्रमण पुष्टि, नेपालमा अझै २१५ सक्रिय संक्रमित

काठमाडौं–नेपालमा थप १५ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३४५३ जनाको नमुना परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण देखिएको हो।
उक्त अवधिमा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन भने १७ जना निको भएका छन्। हाल नेपालमा सक्रिय संक्रमितको संख्या २१५ छ।