अस्पतालमा पनि अब दुई दिन सार्वजनिक बिदा, हप्ताको दुई दिन ओपीडी नचल्ने

काठमाडौं–सरकारको निर्णय अनुसार अब स्वास्थ्य सेवाका कर्मचारीलाई पनि दुई दिन सार्वजनिक बिदा दिइने भएको छ।
स्वास्थ्य मन्त्रालयमा बिहीबार भएको सरोकारवालाबीचको छलफलमा सरकारको निर्णय अनुसार नै दुई दिन बिदा दिनुपर्ने सुझाव आएपछि सो निर्णय गरिएको हो। यसअनुसार अस्पतालका ओपीडी पनि अब साताको दुई दिन बन्द हुने भएको छ। सरकारले जेठ १ गतेबाट शनिबार र आइतबार गरी दुई दिन सार्वजनिक बिदा दिँदैछ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सरकारको निर्णय स्वास्थ्य सेवाका कर्मचारीको हकमा पनि लागू हुने भएको बताएका छन्। तर आकस्मिक सेवामा भने अन्य समयमा जस्तै सार्वजनिक बिदाले प्रभाव नपार्ने उनले बताए।
तर, दुई दिनसम्म ओपीडी सेवा बन्द हुँदा बिरामीमा पर्नसक्ने असर र त्यसको व्यवस्थापनका लागि के गर्ने भन्ने विषय टुंगो नलागेको डा अधिकारीले बताए।
Nikama gathbandan sarkar