भारतमा कोरोनाबाट ४७ लाख मानिसको मृत्यु भएको डब्लुएचओको दाबी, तथ्यांकप्रति भारतको आपत्ति

हेल्थपोस्ट नेपाल

काठमाडौं–विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भारतमा कोरोनाका कारण ४७ लाख मानिसको मृत्यु भएको जनाएको छ। यो संख्या आधिकारिक तथ्याङ्कभन्दा करिब १० गुणा बढी हो। तर, भारत सरकारले उसको दाबीमाथि प्रश्न उठाएको छ।

कोरोना महामारीको प्रत्यक्ष तथा अप्रत्यक्ष कारण विश्वमा हालसम्म डेढ करोड मानिसको मृत्यु भएको डब्लुएचओको भनाइ छ। यो संख्या दुई वर्षमा कोभिडका कारण भएको वास्तविक मृत्युभन्दा १३ प्रतिशत बढी हो।

धेरै देशहरूले कोभिडबाट मृत्यु हुनेको संख्यालाई कम आँकलन गरेको डब्लुएचओको विश्वास छ। संगठनका अनुसार ५४ लाखलाई मात्र मृत्युको आधिकारिकता मानिएको छ।

भारत सरकारले उठायो प्रश्न
डब्लुएचओले दाबी गरेको भारतको मृतक संख्या विश्वव्यापी मृत्युको संख्याको एक तिहाइ हो। तर भारत सरकारले डब्लुएचओको मूल्याङ्कन विधिमाथि प्रश्न उठाएको छ। उसले प्रयोग गरिएको मोडलको वैधतामाथि पनि प्रश्न उठाइएको छ।

‘यो प्रक्रिया, पद्धति र नतिजाहरूमा भारतको आपत्तिको बाबजुद डब्लुएचओले थप मृत्युदरको अनुमान जारी गरेको छ,’ भारत सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ। यस विषयमा अन्य अध्ययनहरूमा पनि भारतको बारेमा यस्तै मूल्याङ्कन गरिएको छ।

भारत सरकारको आधिकारिक तथ्यांकअनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख २३ हजार ९७५ छ। भारतमा अहिले दैनिक ३ हजारको हाराहारीमा संक्रमण देखिएको छ। भारतमा सबैभन्दा बढी मृत्यु दोस्रो लहरको समयमा भएको थियो, डेल्टा भेरियन्टका कारण ठूलो संख्यामा मानिसहरूको मृत्यु भएको थियो।

डब्लुएचओले यस मूल्याङ्कनको लागि ‘अतिरिक्त मृत्यु’ विधि प्रयोग गरेको छ। यसको अर्थ महामारी हुनुअघि कुनै क्षेत्रको मृत्युदर कति थियो भन्ने बुझिन्छ। अर्थात् त्यस क्षेत्रमा सामान्यतया कति मानिसको मृत्यु हुन्छ र महामारीपछि त्यस क्षेत्रमा कति मानिसको मृत्यु भयो भन्ने तरिकाले हिसाब गरिन्छ।

डब्लुएचओको यो तथ्यांकमा सिधा हिसाबले कोभिडका कारण भएको नभई प्रभावका कारण भएको मृत्यु, महामारीका बेला उपचार नपाएर भएको मृत्यु पनि समावेश गरिएका छन्। कोरोना प्रभावित क्षेत्रमा तथ्यांकमा देखिएको कमजोरी र संकटको सुरुवातमा कम परीक्षण पनि जिम्मेवार मानिएको छ।

डब्लुएचओका अनुसार कोभिडबाट भएको मृत्युको आधिकारिक तथ्यांक ५४ लाख भए पनि त्यसबाहेक अलग रुपमा भएको ९५लाखको मृत्युमा पनि कोभिडलाई कारक मानिएको छ। तथ्यांकका विषण्मा डब्लुएचओकी तथ्यांक विभागकी डा समीरा आस्माले भनिन्, ‘यो एक त्रासदी हो, यदि हामी मृतकहरुको सही तथ्यांक राख्दैनौ भने अर्को पटकका लागि राम्ररी तयार हुने अवसर गुमाउँछौं।’ कोरोनाका कारण भएको मृत्युको आधिकारिक तथ्यांकभन्दा बढी मृत्यु हुने मुलुकहरुमा रुस, इण्डोनेसिया, अमेरिका, ब्राजिल, मेक्सिको रहेको बताइएको छ। रुसमा वास्तविक तथ्यांकभन्दा तीन गुणा बढी मानिसको मृत्यु भएको डब्लुएचओको भनाइ छ।

तर उपसहारा अफ्रिकाको तथ्यांक भने अनुमानमा आधारित हो। यो क्षेत्रमा निकै कममात्र तथ्यांक राखिएको पाइएको थियो। अफ्रिकाका ५४ मुलुकमध्ये ४१ मा कुनै विश्वसनीय आँकडा नभएको बताइएको छ।



Leave a Reply

Your email address will not be published.