१७ संक्रमित थपिँदा १५ जना निको भए

हेल्थपोस्ट नेपाल

काठमाडौं–नेपालमा पछिल्लो २४ घण्टामा १७ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८११ जनाको नमुना परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

यो अवधिमा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन भने १५ जना निको भएका छन्। हाल नेपालमा सक्रिय संक्रमितको संख्या २१७ छ।



Leave a Reply

Your email address will not be published.