जानकी मेडिकल कलेजको खाता रोक्का गर्न राष्ट्र बैंकलाई आग्रह

हेल्थपोस्ट नेपाल

काठमाडौं – श्रम तथा रोजगार कार्यालय धनुषाले जानकी मेडिकल कलेजको नाममा रहेको बैंक खाता रोक्न राष्ट्र बैंकलाई आग्रह गरेको छ।

कार्यालयले बैंकलाई पत्र लेखी उक्त मेडिकल कलेजको नाममा देशभर रहेका विभिन्न बैंकमा सञ्चालित बैंक खाता रोक्का गरी श्रम अदालतको फैसला कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेको हो।

उक्त कलेजमा कार्यरत कर्मचारी रतिशचन्द्र लाल सुमनले श्रम अदालतको फैसला कार्यान्वयन गर्न निवेदन दिएपछि त्यसका लागि पटक–पटक पत्र पठाउँदा पनि कार्यान्वयन नगरेकाले बैंक खाता रोक्का गर्न आग्रह गरिएको कार्यालयले जनाएको छ।



Leave a Reply

Your email address will not be published.