बिपी कोइराला क्यान्सर अस्पतालले माग्यो केही मेडिकल अधिकृत

काठमाडौं–बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले करार सेवमा केही मेडिकल अधिकृतका लागि दरखास्त आव्हान गरेको छ।
अस्पतालले बुधबार विज्ञापन प्रकाशित गर्दै आठौं तहका मेडिकल अधिकृत माग गरेको हो। आवेदन दिन वैशाख २१ गतेदेखि २१ दिनको मिति तोकिएको छ।
आवेदन दिन एमबीबीएस वा सोसरह उत्तीर्ण गरेको हुनुपर्ने र परीक्षाको किसिम लिखित तथा अन्तर्वार्ता हुने अस्पतालले जनाएको छ।