भारतमा कूल संक्रमितकाे संख्या चार करोड ३० लाख ८८ हजार

हेल्थपोस्ट नेपाल

नयाँदिल्ली- भारतमा कोरोना भाइरसबाट संक्रमितकाे कूल संख्या चार करोड ३० लाख ८८ हजार ११८ पुगेको छ। तीमध्ये तीन हजार २०५ जना पछिल्लो २४ घण्टामा सङ्क्रमित भएको सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन्।

नयाँ संक्रमितमध्ये एक हजार ४१४ जना दिल्ली प्रदेशका मात्रै रहेका छन्। पछिल्लो समयमा दिल्लीमा नयाँ संक्रमितकाे संख्या धेरै बढेको छ। संघीय स्वास्थ्य मन्त्रालयकाअनुसार दिल्लीमा मात्रै अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या पाँच हजार ९८६ रहेको छ। देशभरि सक्रिय सङ्क्रमितको सङ्ख्या भने १९ हजार ५०९ छ।

पछिल्लो एक दिनमा कोरोना भाइरसका कारण भारतमा ३१ जनाको मृत्यु भएको मन्त्रालयका अधिकारीहरुले जनाएका छन्। भारतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको सङ्ख्या पाँच लाख २३ हजार ९२० छ।



Leave a Reply

Your email address will not be published.