कोरोना महामारी सुरु भएयता अमेरिकामा १ करोड ३० लाख बालबालिका संक्रमित

हेल्थपोस्ट नेपाल

न्युयोर्क–कोरोना महामारी सुरु भएयता अमेरिकामा संक्रमित बालबालिकाको संख्या १ करोड ३० लाख पुगेको छ। अमेरिकी एकेडेमी अफ पेडियाट्रिक्स (एएपी) र बाल अस्पताल संघको पछिल्लो प्रतिवेदनले यस्तो जानकारी दिएको हो ।

प्रतिवेदनअनुसार विगत चार हप्तामा मात्र १ लाख ४९ हजारभन्दा बढी संक्रमणका घटना थपिएका छन् । २०२२ मा ५० लाखभन्दा बढीमा संक्रमण देखिएको थियो।

देशमा कुल संक्रमितमध्ये १९ प्रतिशत बालबालिका रहेको प्रतिवेदनमा उल्लेख छ। कोभिड संक्रमण फैलिएपछि सरकारले खोप अभियान तीब्र पारेको थियो।



Leave a Reply

Your email address will not be published.