सांघाइमा घटे कोरोना संक्रमित

हेल्थपोस्ट नेपाल

सांघाइ-चिनियाँ सहर सांघाइमा कोरोना संक्रमित घटेका छन्। सांघाइका स्वास्थ्य अधिकारीहरुले गत २४ घन्टामा २७४ जनामा मात्र संक्रमण देखिएको बताएका छन्। अधिकारीहरुले यहाँ अहिले पनि ५ हजारभन्दा बढी सक्रिय संक्रमित रहेकाे बताएका छन्।

यसअघि हरेक दिन कम्तीमा पनि एक हजार संक्रमित थपिने गरेकाेमा अहिले त्यसमा कमी आएको हो । यहाँको म्युनिसिपल हेल्थ कमिसनले सांघाइमा पछिल्ला केही दिनमा कोरोनाका संक्रमितहरु घट्दै गएको बताएका हुन् ।



Leave a Reply

Your email address will not be published.