भारतमा पुष्टि भयाे कोरोनाको नयाँ भेरियन्ट ‘एक्सई’

हेल्थपोस्ट नेपाल

काठमाडौं–भारतमा ओमिक्रोनको नयाँ भेरियन्ट पुष्टि भएको छ। ओमिक्रोनको उपभेरियन्ट ‘एक्सई’ पहिलो पटक एक व्यक्तिमा पुष्टि भएको हो।

यसअघि महाराष्ट्र र गुजरातमा एक्सई भेरियन्ट फेला परेको बताइए पनि जिनोम सिक्वेन्सिङबाट पुष्टि भएको थिएन।

यद्यपि स्वास्थ्य अधिकारीहरुले एक्सई भेरियन्ट पुष्टि भएको बारे कुनै जानकारी नआएको बताएका छन्। तर कुन स्थानको नमुनामा यो भेरियन्ट पुष्टि भएको भन्नेबारे केही बताइएको छैन। तर यो भेरियन्ट बीए.२ भेरियन्टको तुलनामा १० प्रतिशत बढी फैलने खालको भएको बताइएको छ। भारतमा कोभिडको तेस्रो लहरको प्रमुख कारक बीए.२ भेरियन्ट हो।

यसैबीच,केही सातादेखि भारतमा तीव्र रुपमा वृद्धि भएको कोरोनाको संक्रमण दरमा केही कमी आएको छ। पछिल्लो २४ घण्टामा २५६८ जनामा संक्रमण पुष्टि भएको छ भने २० जनाको मृत्यु भएको छ। यस्तै, २९११ जना निको भएका छन्। हाल भारतमा सक्रिय संक्रमितको संख्या १९ हजार १ सय ३७ छ।



Leave a Reply

Your email address will not be published.