बलिउड अभिनेता मिथुन चक्रवर्तीको शल्यक्रिया

हेल्थपोस्ट नेपाल

काठमाडौं–बलिउड अभिनेता मिथुन चक्रवर्तीको मिर्गौलाको पत्थरीको शल्यक्रिया भएको छ। मिर्गौलामा पत्थरी देखिएपछि उनको बेंगलुरुस्थित अस्पतालमा शल्यक्रिया गरिएको उनका छोरा मिमोह चक्रवर्तीले जनाएका छन्।

चक्रवर्ती अस्पतालको बेडमा रहेको तस्बिर भाइरल भएपछि उनका फ्यानले स्वास्थ्यलाभको कामना गरेका थिए। त्यसपछि उनका छोरा मिमोहले आफ्ना पिता अस्पतालाबाट डिस्चार्ज भइसकेको र अहिले स्वस्थ रहेको जनाएका छन्।



Leave a Reply

Your email address will not be published.