स्वास्थ्य मन्त्रालयले भन्याे-कोरोना संक्रमणको जोखिम फेरि बढ्यो, सावधानी अपनाऔं

हेल्थपोस्ट नेपाल

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण फैलिने जोखिम बढेको भन्दै  सतर्कता अपनाउन आग्रह गरेको छ। छिमेकी देश भारतमा दैनिक कोरोना संक्रमण पुष्टि हुने दर बढेकाले त्यसको असर नेपालमा पनि देखापर्ने मन्त्रालयकाे भनाइ छ।

पछिल्लो समय भारतमा कोराना संक्रमण दर बढिरहेकाे छ। मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले भारतबाट नेपाल आउने व्यक्तिमार्फत् पनि संक्रमण फैलिन सक्ने भएकाले सावधानी अपनाउनु जरुरी भएको बताए।

कोरोना संक्रमितको संख्या बढ्नसक्ने भएकाले त्यसअनुसारको तयारी गर्न मातहतका अस्पताल र स्वास्थ्यसंस्थालाई मन्त्रालयले निर्देशन दिइसकेको मन्त्रालयले जनाएकाे छ।

कोरोना संक्रमणलाई पुन: बढ्न नदिन जनस्वास्थ्यका मापदण्डहरु पालना गराउन, खोप लगाउन बाँकी रहेका विषयहरुलाई केन्द्रमा राखेर सरकारले काम सुरु गरिसकेको उनको भनाइ छ।

अहिले भारतमा फैलिएको कोरोना ओमिक्रोनकै एउटा प्रजाती रहेको विज्ञकाे भनाइ छ। यस विषयमा अध्ययन अनुसन्धान भइरहेकोले थप विवरण आउन समय लाग्ने अधिकारीले बताए।



Leave a Reply

Your email address will not be published.