शिक्षण अस्पतालमा दिवा सेवा डायलासिस केन्द्र उद्घाटन

काठमाडौं-महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा दिवा सेवा डायलासिस केन्द्रको उद्घाटन गरिएको छ। गत शुक्रबारदेखि यो केन्द्र सञ्चालनमा आएसँगै अस्पतालबाट दैनिक ४० बिरामीले मिर्गौलाको निःशुल्क डायलासिस सेवा पाउन थालेका छन्।
यसअघि अस्पतालमा ११ वटा मेसिनबाट २४ सै घण्टा डायलासिस सेवा प्रदान गरिँदै आएकामा आठ मेसिन थप गरी डे केयरसमेत सञ्चालनमा ल्याइएको हो । थप गरिएका आठ मेसिनबाट दुई सिफ्टमा गरी दिउँसो डायलासिस सेवा दिइने अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिए। शिक्षण अस्पतालमा डायलासिसका लागि औषधिबाहेक बिरामीले कुनै पनि शुल्क तिर्नु नपर्ने उनले बताए।