थप ५ जनामा कोरोना पुष्टि, १७ निको भए

काठमाडौं – नेपालमा २४ घण्टामा थप ५ जनामा संक्रमण पुष्टि भएकाे छ। १ हजार ६६ पीसीआर र १ हजार १४८ जनाको एन्टीजेन परीक्षणका क्रममा ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
२४ घण्टामा १७ संक्रमित निको भएका छन्। योसँगै निको हुनेको कुल संख्या ९ लाख ६६ हजार ६२९ पुगेको छ। उक्त अवधिमा कसैको पनि मृत्यु भएको छैन। देशभर हाल २३० जना संक्रिय संक्रमित छन्।