छिमेकमा बढ्दो कोरोनाः भारतमा थपिए ३६८८ संक्रमित, ५० को मृत्यु

हेल्थपोस्ट नेपाल

काठमाडौं–भारतमा कोरोना संक्रमितको दैनिक संख्या बढ्दो छ। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ८८ संक्रमित थपिएका छन्। अघिल्लो दिन ३ हजार ३ सय ७७ जनाका संक्रमण पुष्टि भएको थियो।

सोही अवधिमा ५० जनाको मृत्यु भएको छ। भारतमा कोरोना संक्रमणका कारण हालसम्म ५ लाख २३ हजार ८ सय ३ जनाको मृत्यु भइसकेको छ।

हाल भारतमा दैनिक संक्रमण दर ०.७४ छ भने सक्रिय संक्रमितको संख्या १८ हजार ६ सय ८४ छ।

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार विश्वभर हाल संक्रमितको संख्या ५१ करोड ३० लाख ४५ हजार ३ सय ८६ छ भने ६२ लाख ३३ हजार ८ सय ४८ जनाको मृत्यु भइसकेको छ।



Leave a Reply

Your email address will not be published.