थपिए १५ संक्रमित, १८ निको भए

हेल्थपोस्ट नेपाल

काठमाडौं–नेपालमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८ सय ७५ जनाको नमुना परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण देखिएको हो।

यो अवधिमा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन भने १८ जना संक्रमणमुक्त भएका छन्। हाल नेपालमा सक्रिय संक्रमितको संख्या २४९ छ।



Leave a Reply

Your email address will not be published.