कोभिड संक्रमणपछि ६० प्रतिशत अमेरिकीमा एन्टिबडीज विकास

हेल्थपोस्ट नेपाल

काठमाडौं–अमेरिकाका करिब ६० प्रतिशत वयस्क र ७५ प्रतिशत बालबालिकामा कोभिड संक्रमणबाट प्रतिरोधी प्रणालीको विकास भएको एक अध्ययनले देखाएको छ।

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले हालै सार्वजनिक गरेको तथ्यांकमा यस्तो देखिएको हो। अमेरिकाभरका विभिन्न व्यावसायिक प्रयोगशालामा गरिएका रगतका नमुना परीक्षणमा यस्तो तथ्य फेला परेको हो। यो अध्ययन अझै जारी रहेको बताइएको छ।

डिसेम्बरको सुरुमा करिब ३४ प्रतिशत अमेरिकीमा संक्रमणका कारण एन्टिबडी विकास भएको देखिएको थियो। फेब्रुअरीको अन्त्यसम्म ओमिक्रोन भेरियन्टका कारण व्यापक रुपमा आएको संक्रमणका कारण एन्टिबडी विकास हुनेको संख्या ५८ प्रतिशत पुगेको बताइएको छ।

सीडीसीकी प्रमुख अनुसन्धानकर्ता बालरोग विशेषज्ञ डा क्रिस्टी क्लार्कले बालबालिका र वयस्कमा एन्टिबडीको विकास उच्चस्तरमा पुगेको बताइन्।

अध्ययनका अनुसार फेब्रुअरीसम्ममा १८ वर्षमुनिका ४ जनामध्ये ३ बालबालिकामा ७५ प्रतिशत एन्टिबडी विकास भएको पाइएको थियो। वयस्कमा भने सबैभन्दा कम दर भनेकै ३३ प्रतिशत थियो।
‘तर यस्तो एन्टिबडी कतिसमयसम्म कायम रहन्छ भन्नेबारे भने हामीलाई अझै थाहा छैन,’ डा क्लार्क भन्छिन्। त्यसैले सबै अमेरिकीहरुले प्रत्येक कोभिड खोप र बुस्टर डोजबारे अपडेट भइरहनुपर्ने सीडीसीको भनाइ छ।



Leave a Reply

Your email address will not be published.