छुटेका बालबालिकालाई यी अस्पतालमा लगाउन पाइन्छ टाइफाइडविरुद्धको खोप

हेल्थपोस्ट नेपाल

काठमाडौं–काठमाडौंमा टाइफाइडविरुद्धको खोप छुटेका बालबालिकाका लागि अस्पतालहरुमा लगाउन पाइने छ। चैत २५ गते बैशाख ११ गतेसम्म चलेको खोप अभियानमा छुटेका बालबालिकाका लागि बिहीबार र शुक्रबार ८ वटा केन्द्रीय अस्पतालहरुमा खोपको व्यवस्था मिलाइएको जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ।

जसअनुसार कान्ति बाल अस्पताल महाराजगञ्ज, वीर अस्पताल, निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वर, शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, परोपकार महिला तथा स्त्री रोग अस्पताल थापाथलीसहित ८ वटा अस्पतालमा खोप लगाउन पाइनेछ।

यसैगरी त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, वीरेन्द्र सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज महाराजगञ्जमा खोप लगाउने व्यवस्था मिलाइएको छ। अर्को महिनादेखि भने यो खोप नियमित खोप कार्यक्रममा समावेश हुनेछ।



Leave a Reply

Your email address will not be published.