भारतमा बढ्दै कोरोना, थपिए ३३०३ संक्रमित

हेल्थपोस्ट नेपाल

काठमाडौं–भारतमा कोरोना संक्रमण बढ्दो क्रममा छ। पछिल्लो २४ घण्टामा ३३०३ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै भारतमा सक्रिय संक्रमितको संख्या १६ हजार ९ सय ८० पुगेको छ।

दिल्लीमा पनि यो अवधिमा १३६७ नयाँ संक्रमित थपिएका छन्। दिल्लीमा सक्रिय संक्रमित ४८३२ छन्।

यसअघि मंगलबार २९२७, सोमबार २४८३ जनामा संक्रमण पुष्टि भएको थियो। हाल भारतमा सक्रिय संक्रमण दर ०.०४ छ भने संक्रमणमुक्त दर ९८.८ प्रतिशत छ।

यस्तै, २४ घण्टामा तीन जनाको मृत्यु भएको छ भने २५६३ निको भएका छन्।

हाल भारतमा सबैभन्दा बढी संक्रमित दिल्लीमा छन् भने त्यसपछि केरल, हरियाणा, कर्नाटक, महाराष्ट्र र उत्तर प्रदेश बढी प्रभावित मानिएका छन्।



Leave a Reply

Your email address will not be published.