यी हुन् रुखसम्बन्धी २२ रोचक तथ्य

हेल्थपोस्ट नेपाल

१. रुख पृथ्वीकै सबैभन्दा पूरानो जीवित प्राणी मानिन्छ। उमेरकै कारण यो कहिल्यै मर्दैन।

२. पृथ्वीमा मानिसको प्रादुर्भावदेखि हालसम्म ३ लाख करोड रुख काटिइसकेको अनुमान गरिन्छ। हरेक २ सेकेण्डमा एउटा फुटबल मैदान जति जंगल काटिने गरिन्छ।

३. हरेक वर्ष ५ अर्ब रुख रोपिन्छ भने हरेक वर्ष १० अर्ब रुख काटिन्छ।

४. एउटा रुखले एक वर्षमा २१.७ किलो कार्बनडाइअक्साइड सोस्छ भने दिनमा ४ जना बाँच्ने बराबरको अक्सिजन दिन्छ।

५. विश्वभर करिब ३० खर्ब ४० अर्ब रुख भएको अनुमान गरिन्छ, अर्थात् आकाशगंगा या मानव मस्तिष्कमा रहेको कोशिकाभन्दा पनि बढी।

६. विश्वकै सबैभन्दा धेरै रुख रुसमा छ, जहाँ ६४१ अर्ब रुख भएको अनुमान गरिन्छ। क्यानडामा ३१८ अर्ब, ब्राजीलमा ३०१ अर्ब, अमेरिकामा २२८ अर्ब र भारतमा ३५ अर्ब रुख भएको अनुमान गरिएको छ।

७. रुखले धुलो, माटोको स्तरलाई ७५ प्रतिशतसम्म छेक्छ र ५० प्रतिशत आवाज छेक्छ।

८. एउटा रुखले त्यति शीतलता दिन्छ, जति शीतलता एउटा एसीले २० घण्टा चलाउँदा दिन्छ।

९. एउटा रुखले १० प्रतिशत खुराक माटोबाट र ९० प्रतिशत हावाबाट लिन्छ। एउटा रुखले २ हजार लिटर पानी सजिलै जमिनबाट सोस्छ।

१०. एक एकडमा लगाइएको रुखले एक वर्षमा यति कार्बनडाइअक्साइड सोस्छ, जति एउटा कारले ४१ हजार किलोमिटर गुड्दा छाड्छ।

११. विश्वका २० प्रतिशत अक्सिजन अमेजन जंगलले उत्पन्न गर्छ। अमेजन जंगल ८ करोड १५ लाख एकड क्षेत्रफलमा फैलिएको छ।

१२. मानिसलाई जस्तै रुखलाई पनि क्यान्सर हुन्छ, क्यान्सर भएपछि रुखले कम अक्सिजन दिन्छ।

१३. युकेलिप्टस नामको रुखको पातमा सुनको कण हुन्छ।

१४. रुखको जरा निकै तलसम्म जानसक्छ। दक्षिण अफ्रिकामा एउटा अन्जीरको जरा ४ सय फिटसम्म तल गएको पाइएको थियो।

१५. विश्वकै सबैभन्दा पूरानो रुख स्वीडेनको डलारना प्रान्तमा रहेको छ। टिजिक्को नामको यो रुख ९५५० वर्ष पूरानो मानिन्छ। यसको उचाइ करिब १३ फिट छ।

१६. एउटा अखबारका लागि कागज बनाउन ५ सय रुख चाहिन्छ।

१७. सबैभन्दा चाँडो बढ्ने रुख बाँस हो। यसका केही प्रजातीहरु वर्षको केही दिन प्रतिघण्टा १ मिटरसम्म बढ्छन्।

१८. चीनमा करिब २० प्रतिशत रुख औषधि बनाउनका काटिन्छ।

१९. एक अध्ययनअनुसार पृथ्वीमा करिब ७३ हजार रुखका प्रजाती छन। तीमध्ये ९२०० प्रजाती अझै खोजबिन गर्न बाँकी छ।

२०. एउटा औसत आकारको रुखबाट १ लाख ७० हजार १ सय पेन्सिल बनाउन पुग्छ।

२१. एउटा रुखको नामबाट ब्राजील देशको नाम राखिएको हो ।

२२. करिब २ हजार प्रकारका रुखको उपयोग मानिसले खाना बनाउनका लागि प्रयोग गरिन्छ।



Leave a Reply

Your email address will not be published.