५८९१ को नमुना परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि

हेल्थपोस्ट नेपाल

काठमाडौं–नेपालमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८ सय ९१ जनाको कोरोना परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

यो अवधिमा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन भने १७ जना निको भएका छन्। हाल नेपालमा सक्रिय संक्रमितको संख्या २ सय ५२ छ।



Leave a Reply

Your email address will not be published.