मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा जोशी निलम्बित

हेल्थपोस्ट नेपाल

काठमाडौं– मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा विश्वराज जोशी निलम्बनमा परेका छन्।
प्रतिष्ठानका ५ सिनेट सदस्यहरुले डा जोशीले पदीय दायित्व निर्वाह नगरेको भन्दै मुख्यमन्त्री कार्यालयमा निवेदन दिएपछि बागमती प्रदेशका मुख्यमन्त्री एवं प्रतिष्ठानका कुलपति राजेन्द्र पाण्डेले निलम्बन गरेका हुन्।

उनलाई निलम्बन गरिएको पत्र ११ वैशाखमै प्रतिष्ठान पुगेको थियो। प्रतिष्ठानका निमित्त उपकुलपतिको जिम्मेवारी रेक्टार डा सतिश देवले पाएका छन्।



Leave a Reply

Your email address will not be published.