नर्सिङ काउन्सिल पूर्वसदस्य जिता बरालको नर्सिङ लाइसेन्स खारेज

हेल्थपोस्ट नेपाल

काठमाडौं–नेपाल नर्सिङ काउन्सिलले काउन्सिलकै पूर्वसदस्य जिता बरालको नर्सिङ लाइसेन्स खारेज गरेको छ। काउन्सिलको गत चैत १३ गते बसेको बैठकले बरालको नाम काउन्सिलको दर्ता किताबबाट हटाउने निर्णय गरेको हो। काउन्सिलमा उनको दर्ता नम्बर ८८९४ थियो।

२०७७ असोज ६ गते ट्रमा सेन्टरमा अभद्र व्यवहार गरेको घटनाका बारेमा छानबिनपछि काउन्सिलले यो कारबाही गरेको हो। ट्रमा सेन्टरको आकस्मिक कक्षमा जथाभावी बोल्दै अभद्र व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि ट्रमाका तत्कालीन निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा सन्तोष पौडेलले बराललाई कारबाहीका लागि पत्र पठाएका थिए।

नर्सिङ संघलाई जिता बरालको जवाफ : ट्रमा घटनामा हीनताबोध छ

 



Leave a Reply

Your email address will not be published.