थप १० जनामा कोरोना संक्रमण पुष्टि, १८ निको भए

काठमाडौं–नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ५ हजार २ सय २६ जनाको नमुना परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।
यो अवधिमा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन भने १८ जना संक्रमणमुक्त भएका छन्। हाल नेपालमा सक्रिय संक्रमितको संख्या २ सय ६१ छ।