कसरी चिन्ने औलोलाई? के हुन् बँच्ने उपाय?

हेल्थपोस्ट नेपाल

काठमाडौं–सामान्य रुपमा औलो भनेर चिनिने मलेरिया ‘एनोफिलिज’ जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट फैलने एउटा गम्भीर रोग हो। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को २०२१ को रिपोर्टअनुसार विश्वभर औलोका बिरामीहरु २४ करोड १० लाख छन्, जुन सन् २०१९ को तुलनामा करिब २ करोडले वृद्धि हो। उक्त वर्ष २२ करोड ७० लाख जना औंलाका बिरामी रहेको तथ्यांक थियो। मलेरियाबाट अधिकांश अफ्रिकी मुलुकहरु प्रभावित छन्।

तीमध्ये ५५ प्रतिशत मलेरियाका रोगीहरु ६ वटा अफ्रिकी मुलुकका मात्र हुने गरेका छन्। जसमा नाइजेरियामा २७ प्रतिशत, कंगोमा १२ प्रतिशत, युगाण्डामा ५ प्रतिशत, मोजाम्बिकमा ४ प्रतिशत, अंगोलामा ३.४ प्रतिशत, बुर्किना फासोमा ३.४ प्रतिशत बिरामी रहेको तथ्यांक छ।

औंलाका लक्षण
१० देखि १५ दिनसम्म ज्वरो आउनु

टाउको दुख्नु

शरीरका भित्री अंग सुन्निनु

जोर्नी दुख्नु

शरीरमा रगतको मात्रा कम हुनु

थकिन महसुस हुनु

औलोबाट बँच्ने उपाय
लामखुट्टेको टोकाइबाट जोगिन झुल टाँगेर सुत्ने

घरको झ्यालढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने

सकेसम्म जतिबेला पनि लामो बाहुला भएको लुगा लगाउने

लामखुट्टे भगाउने धूप वा मल्हमको प्रयोग गर्ने

लामखुट्टे सक्रिय हुने समयमा विशेषगरी बिहान र साँझपख सावधानी अपनाउने

घर वरिपरी, कार्यालय, विद्यालयमा टायर, खुला भाँडा आदिमा पानी जम्मा हुन नदिने

पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी भाँडालाई लामखुट्टे छिर्न नसक्नेगरी छोप्ने

गमलाको प्लेट, फुलदानी, कूलर आदिको पानी कम्तीमा हप्ताको एकपटक फेर्ने



Leave a Reply

Your email address will not be published.