भारतको दिल्लीमा पुनः फेला पर्यो ओमिक्रोनको नयाँ भेरियन्ट, हालसम्मकै संक्रामक रहेको दाबी

काठमाडौं–भारतको नयाँदिल्लीमा ओमिक्रोन भेरियन्टको सब भेरियन्ट बीए.२.१२ का एक बिरामी फेला परेका छन्। भारत सरकारले दिल्लीमा यो भेरियन्ट फेला परेको पुष्टि गरेको हो। केही दिनदेखि दिल्लीसहित भारतका विभिन्न सहरमा कोरोना संक्रमण तीव्र बन्दै गइरहेको छ।
विज्ञका अनुसार यो भेरियन्ट ओमिक्रोन भेरियन्टकै निकै संक्रामक र तीव्र गतिमा फैलिने खालको स्ट्रेन हो।
यता, दिल्ली राज्य सरकारले कोभिडको बढ्दो संक्रमणलाई दृष्टिगत गर्दै दिल्लीमा परीक्षणलाई तीव्र पारेको छ। जिनोम सिक्वेन्सिङका लागि पठाइएका नमुनाको रिपोर्टमा नयाँ उपभेरियन्ट देखिएको हो। यद्यपि राज्य सरकारले नयाँ भेरियन्ट भेटिएको बारेमा केही बताएको छैन। अहिले फैलिइरहेको संक्रमणमा पनि नयाँ भेरियन्टलाई नै जिम्मेवार मानिएको छ।